ग्लोबल आइएमई बैंकका ग्राहकलाई अस्पतालमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अस्पतालमा विशेष छुट

ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीको माया मेट्रो अस्पतालबीच भएको सम्झौतापछि अस्पतालले प्रदान गर्ने सेवामा बैंकका ग्राहकहरुले विशेष छुट पाउने भएका छन् ।

सम्झौतापछि बैंकमा खाता भएका ग्राहक तथा कर्मचारीहरूले माया मेट्रो अस्पतालका सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने निश्चित भएको हो । उक्त अस्पतालमा छुटका लागि ग्राहकहरूले बैंकको डेबिट वा क्रेडिट÷प्रिभिलेज कार्ड तथा बैंकको परिचयपत्र पेश गर्नुपर्नेछ ।मुलुकका ७७ वटा जिल्लामा दुई सय ८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले दुई सय ६५ एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयका आठ सय ८१ भन्दा बढी सेवा केन्द्रबाट ३० लाखबढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

टिप्पणीहरू