हुण्डी कारोबारमा भारतीयको संलग्नता « Jana Aastha News Online
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022

हुण्डी कारोबारमा भारतीयको संलग्नता

प्रकाशित मिति :  २४ श्रावण २०७९, मंगलवार १८:२०


हुण्डी कारोबार गरेको आरोपमा राजधानीमा तीन जना समातिएका छन् । काठमाडौँको नरदेवीमा गैरकानुनी रुपमा हुण्डी कारोबार गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उपत्यका अपराध अनसन्धान महाशाखाको टोलीले भारतीय नागरिक राजु अग्रवाल, सिन्धुपाल्चोक घर भई हाल जोरपाटी बस्ने रामहरी दुलाल र रौतहट घर भई चावहिल बस्ने सुदिप आचार्यलाई हिजो नियन्त्रणमा लिएको हो ।प्रहरीले उनीहरुको साथबाट ७४ लाख नगद र २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको ९ वटा चेक बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !