२४ घण्टामा कोरोना संक्रमितको संख्या हजार नाघ्यो, दुई जनाको मृत्यु

२४ घण्टामा कोरोना संक्रमितको संख्या हजार नाघ्यो, दुई जनाको मृत्यु

गत २४ घण्टामा मुलुकभर एक हजार ९० जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार तीन सय जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ९५८ जनाको पिसीआर परीक्षणमा ५६० र तीन हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जना संक्रमित थपिएका हुन् । आज थपिएकासहित मुलुकभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४३८ जना कोरोनाका बिरामी निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७३ जना पुगेको छ ।

टिप्पणीहरू