एमाले १० नम्बरमा पर्यो

एमाले १० नम्बरमा पर्यो

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, काठमाडौँका नेता कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालयका मुख्यसचिव भीष्म अधिकारीलगायत नेताहरु आज दिउँसो बहादुर भवनस्थित निर्वाचन आयोगको कार्यालय पुगेर दल दर्ता गराएका हुन् ।

दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग जाने ठूला पार्टीहरुमा एमाले पहिलो बनेको छ । समग्रमा एमाले १० औं दलका रुपमा आयोगमा दर्ता भएको छ ।

यसअघि सिके राउत नेतृत्वको जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भइसकेका छन् । यस पटक जनमत पार्टी आयोगमा दर्ता हुने पहिलो दल रहेको छ ।

निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि अस्तिदेखि साउन ३१ गतेसम्म दल दर्ताको आह्वान गरेको छ । आयोगमा अद्यावधिक रहेका दलहरुले मात्रै चुनावका लागि दल दर्ता गर्न पाउने छन् ।

टिप्पणीहरू