युक्रेनलाई १ अर्ब डलरको अमेरिकी नयाँ सैन्य सहयोग

युक्रेनलाई १ अर्ब डलरको अमेरिकी नयाँ सैन्य सहयोग

अमेरिकाले युक्रेनका लागि थप सैन्य सहयोगको घोषणा गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १ अर्ब डलरको नयाँ सैन्य सहयोग प्रदान गर्ने सहमतिअनुसार उक्त निर्णय भएको बताएको छ ।

अमेरिकाको पछिल्लो सैन्य सहयोगमा थप हिमर्स प्रणालीको मिसाइल रहेको बताइएको छ । यी हतियारले युक्रेनी सेनालाई युद्ध मोर्चाभन्दा धेरै टाढाबाट रुसी फौजलाई हमला गर्न सहयोग गर्ने विश्लेषकहरुले बताएका छन् ।

सहयोग प्याकेजमा रुसी विमान र रकेटविरुद्ध सतहबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रहरू, थप जेभलिन एन्टि–आर्मर रकेट र अन्य गोला बारुदहरू पनि समावेश रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू