लामाटारमा मोटरसाइकल दुर्घटना, १८ वर्षे चालक बिते

लामाटारमा मोटरसाइकल दुर्घटना, १८ वर्षे चालक बिते

ललितपुरको महालक्ष्मी नगरपालिका–९, लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । उनले हाँकेको प्रदेश ०३–०२–०१२ प ८३६८ नम्बरको मोटरसाइकल हिजो दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा गोदावरी नगरपालिका–१३, झरुवारासी बस्ने नगरकोटीको मृत्यु भएको छ । दुर्घटनापछि गम्भीर अवस्थाका नगरकोटीको किष्ट अस्पतापछि थप उपचारार्थ बीएन्डबी अस्पताल लगिएकोमा त्यहिँ निधन भएको हो ।

दुर्घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू