दल दर्ताका लागि च्यासलबाट छुट्यो एमाले टोली

दल दर्ताका लागि च्यासलबाट छुट्यो एमाले टोली

मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागिताका लागि नेकपा एमालेले आज दल दर्ता गराउन लागेको छ । एमाले नेताहरु पार्टी मुख्यालय च्यासलमा भेला भएर दल दर्ताको निवेदनसहित केही बेरअघि निर्वाचन आयोगको कार्यालय बहादुर भवनतर्फ लागेका छन् ।

दल दर्ता गराउन उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल, पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीलगायत नेताहरु आयोग गएका हुन् ।

निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

टिप्पणीहरू