राजधानीमा सबेरै २९ तोला सुन र हिराका गहना लुटियो

राजधानीमा सबेरै २९ तोला सुन र हिराका गहना लुटियो

कीर्तिपुरमा आज बिहान नगदसहित गरगहना चोरी भएको छ । कीर्तिपुर नगरपालिका–४, मच्छेगाउँ चम्पादेवी बस्ने ७५ वर्षीय नारायण बस्नेतको घरमा चोरी भएको हो ।

अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाउँदै बस्नेतको दराजभित्र रखिएको नगद एक लाख ५० हजार रूपैयाँ र करिब २९ तोला सुन तथा पाँच थान हिराका गरगहनाहरू चोरी भएको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

चोरी गर्नेहरु फरार रहेकाले खोजी कार्य भइरहेको बताइएको छ ।

टिप्पणीहरू