बंगलादेशमा पेट्रोलियम पदार्थको भाउ बढेपछि आन्दोलन चर्कियो

बंगलादेशमा पेट्रोलियम पदार्थको भाउ बढेपछि आन्दोलन चर्कियो

बंगलादेशमा पेट्रोलियम पदार्थको भाउ बढाइएको विरोधमा भएको आन्दोलन चर्केको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा थप वृद्धि गरेपछि आन्दोलन चर्किएको बताइन्छ । हिजोदेखि त्यहाँ ५१ दशमलव ७ प्रतिशतले पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ ।

आक्रोशित प्रदर्शनकारीले अप्रत्याशित मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बंगलादेशका सबै इन्धन स्टेशनमा घेरा हालेर प्रदर्शन गरेका छन् ।

त्यहाँका सञ्चारमाध्यमका अनुसार यो मूल्यवृद्धि ‘अहिलेसम्मकै उच्च’ हो । पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धिको हिजो साँझदेखि देशव्यापी विरोध भएको छ । मूल्यवृद्धिका बाबजुद पनि पेट्रोल तथा डिजेलका लागि मानिस र सवारी साधनको लामो लाइन पेट्रोल पम्पहरूमा देखिएको छ ।

टिप्पणीहरू