गभर्नर अधिकारी अस्पताल भर्ना,नाक निचोर्दा थप पीडा

गभर्नर अधिकारी अस्पताल भर्ना,नाक निचोर्दा थप पीडा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अस्पताल भर्ना हुनुभएको छ । अस्ति नाकभित्रको पिड्को जँचाउन जाँदा चिकित्सकले भर्ना गरिदिएका हुन् । अहिले ललितपुरस्थित घर नजिकैको मेडिसिटी अस्पतालमा भर्ना भएर उपचार गरिरहनुभएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

अधिकारीको नाकको प्वालभित्र आएको सानो पिड्को नै अहिले उहाँ अस्पताल भर्ना हुनुपर्ने कारण बनेको छ । गत सातादेखि नै उहाँ नाकभित्र डल्लोको पीडामा हुनुहुन्थ्यो । नियमित मास्क लगाएर कार्यालय गइरहनुभएका उहाँले शनिवार ज्वरो आएपछि आइतवार चिकित्सकको सल्लाहमा केही औषधि लगाउने र खाने गर्नुभएको थियो ।

केही दिनदेखि घाउ सुकाउने औषधि खाए पनि निको नभएपछि उहाँ अस्ति चिकित्सकसँग सल्लाह गर्न जानुभयो । तर, हिजो बिहान नाकको टुप्पो पूरै पहेँलो भएर सुन्निएपछि चिकित्सकहरुले निचोरिदिए ।

भोलिसम्म उहाँलाई अस्पतालमा राखिने बताइएको छ । सम्भवतः पर्सिदेखि नियमित काममा बैंक फर्कने स्रोतले बताएको छ । बिरामीकै कारण उहाँ हिजाे प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकमा समेत उपस्थित हुन सक्नुभएको थिएन ।

टिप्पणीहरू