कुखुराको खोरमा क्वारेन्टाइन

कुखुराको खोरमा क्वारेन्टाइन

गाउँपालिकाको १० औं लाख बजेट खन्याएर रसुवाका ठेकेदार सांसद मोहन आचार्यले आफ्नै घरमा क्वारेन्टाइन त बनाए । तर अहिले विदेशबाट फर्किएका जिल्लाबासीलाई सो क्वारेन्टाइन (घर)मा आश्रय नदिएपछि स्वदेश फर्किएका युवाको रुवावासी छ ।

उत्तरगया गाउँपालिका ५ निवासी गणेश आचार्य रोजगारीको सिलसिलामा भारतमा थिए । कोरोनाको कहर बढेसँगै अन्य नेपालीझैं स्वदेश फर्किए । उनी आफैं गाउँपालिकास्थित मान्य मोहन आचार्यको घरमा अवस्थित  क्वारेन्टाइनमा बस्न पुगे । तर त्यहाँ बस्न दिइएन । अनेक बहाना बनाएर धपाइयो ।

आफ्नै गाउँपालिकामा रहेको सांसदकै घरमा अवस्थित क्वारेन्टाइनमा बस्न नदिएपछि उनी घर फर्किए । र बुवाले कुखुरा पालनका लागि बनाएको खोरलाई क्वारेन्टाइन बनाएर रात गुजारिरहेका छन् । यो खबरले अहिले सिंगो रसुवा जिल्ला तरंगीत भइरहेको छ । र सांसद को चर्काे आलोचना ।

त्यहाँ प्रश्न उठाइन थालेको छ,स्थानीय सरकार अझैं भनौं संघीय सांसदकै घरमा निर्माण भएको क्वारेन्टाइन के जाड खाएर सुत्नलाई मात्र हो ? यसअघि नै सांसद मोहन आचार्यले मापदण्ड मिचेर आफ्नै घरमा क्वारेन्टाइन निर्माण गरेको बिषयमा व्यापक आलोचना भएको थियो ।

उत्तरगया गाउँपालिकाको डाडाँगाउँ र सांसद मोहन आचार्यको घरमा क्वारेन्टाइन निर्माण गरिएको छ ।  क्वारेन्टाइन निर्माणजस्तो संवेदनशील विषयमा समेत मोहन आचार्यले राजनीति मिसाएको भन्दै सोही समयमा  जिल्लामा तीव्र विरोध भएको थियो । मोहनकै चेला तथा उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालहरुको जोडबलमा आचार्यको घरमा क्वारेन्टाइन निर्माण गरिएको थियो त्यो पनि मापदण्डविपरीत एउटै कोठामा आठ वडासम्म बेड राखेर । त्यहाँ तीनवटा कोठामा २१ वडा बेड राखेर क्वारेन्टाइन निर्माण गरिएको हो ।

माथि कांग्रेसी झण्डा,तल सरकारी लोगो राखेर क्वारेन्टाइन निर्माण त भयो तर साच्चै विपतको घडीमा त्यही आश्रय नपाएर वैदेशिक रोजगारीमा गएर फर्किएर आएका युवा अहिले कुखुराको खोरमा रात बिताइरहेका छन् ।
यो बिषयमा सांसद आचार्यसँग जिज्ञासा राख्दा यो घटनाले आफूलाई दुखित बनाएको प्रतिक्रिया दिए ।

उनले भने, बिदेशबाट आउने जो कोही पनि कोभिड १९ को  उच्च जोखिममा रहने  हुँदा रसुवा जिल्ला प्रवेश गर्नेबित्तिकै आरडिटी चेक गर्ने र पोजेटिभ आएमा आइसोलेसन र नेगेटिभ आएमा क्वारेन्टाइनमा राखेर  पिसिआर चेकको लागि स्वाब संकलन गर्ने हो ।

सोही बमोजिम गर्ने वा गराउने जिल्ला प्रशासन कार्यालयको निर्णय भएको बताउँदै सांसद आचार्यले आज बिहान उत्तरगयामा आइसकेको ब्यक्तिलाई आरडिटी चेक गर्न ढिलाइ गरेकोले दुख पाएको सुुनाए ।

टिप्पणीहरू