जनार्दन शर्मा रिटर्न

जनार्दन शर्मा रिटर्न

बलिउडमा पुरानै फिल्मको नयाँ भर्जनमा फिल्महरू बन्न थालेको पाइन्छ । जस्तो टाइगर रिटर्न, सिंघम् रिटर्न आदि आदि । त्यस्तै नेपालमा हालै एउटा नयाँ रिटर्न भएको छ, जनार्दन शर्मा रिटर्न ।

अर्थमन्त्री पदबाट राजीनामा गर्नुभएका उहाँ पुनः अर्थमन्त्री पदमै रिटर्न हुनुभएको हो । नेपालमा धेरै आपराधिक केशहरू सिसिटिभीमा भएको फुटेजका कारण सुल्झिएका छन् ।

अर्थमन्त्री शर्माको मात्रै एउटा यस्तो केश हो जुन सिसिटिभीमा फुटेज नभएको कारणले सुल्झिएको छ । सिसिटिभीमा फुटेज नभेटिएपछि शर्माको रिटर्न सम्भव भएको हो ।

तर, बलिउडमा एउटा दुर्भाग्य छ, पछाडि यो ‘रिटर्न’ झुण्डिएर आएका धेरै फिल्म फ्लप भएका छन् । ‘जनार्दन शर्मा रिटर्न’ चाहिँ के हुने हो, हेर्न बाँकी छ ।

टिप्पणीहरू