मोटरसाइकल जुध्दा एकको मृत्यु

मोटरसाइकल जुध्दा एकको मृत्यु

सप्तरीको रुपनी गाउँपालिका २ मा मोटरसाइकल एक आपसमा जुध्दा एक जनाको ज्यान गएको छ । दुर्घटनामा शम्भुनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय बिक्की चौधरीको ज्यान गएको छ ।

राजविराजतर्फ जाँदै गरेको बा. ८५ प ६१९६ नम्बर र विपरित दिशाबाट आउँदै गरेको स. २ प ८१६७ नम्बरको मोटरसाइकल एकआपसमा जुधेको हो ।

सो क्रममा गम्भीर घाइते भएका चौधरीलाई उपचारार्थ तत्काल गजेन्द्रनारायण सिंह अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । तर हिजो राति साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषित गरिदिएका थिए ।

पोष्टमार्टमपछि शव आफन्तको जिम्मा लगाइएको हो । बा. ८५ प ६१९६ नम्बरका मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू