सीट भागबण्डा मिलाउन बालुवाटारमा बसे कार्यदलका नेता

सीट भागबण्डा मिलाउन बालुवाटारमा बसे कार्यदलका नेता

निर्वाचनमा सीट भागबण्डा मिलाउन गठित सत्तारुढ गठबन्धन कार्यदलको पहिलो बैठक बालुवाटारमा बसिरहेको छ । ३ बजे बस्ने भनिएको बैठक भर्खरै सुरु भएको हो ।

आजको बैठकमा सीट बाँडफाँडको मोडालिटीबारे सामान्य छलफल हुने नेताहरुले बताएका छन् । शुक्रवार बसेको गठबन्धबन्धनको शीर्ष नेता सम्मिलित बैठकले सीट बाँडफाँडका लागि सत्ता गठबन्धनका पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले साउन मसान्तभित्र आवश्यक मोडालिटीसहित सुझाव दिने कार्यादेश पाएको छ ।

कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । त्यस्तै, माओवादी केन्द्रबाट जनार्दन शर्मा र वर्षमान पुन, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

टिप्पणीहरू