कुन आधारमा आयो नयाँ नक्सा ?

कुन आधारमा आयो नयाँ नक्सा ?

भूमिसुधार,सहकारी तथा गरिबी निवारण मन्त्री पद्य्मा अर्यालले यथेष्ट प्रमाण हुँदाहुँदै  गत साता निकै हतारका साथ नेपालको पछिल्लो नक्सा सार्वजनिक गरेको देखियो । त्यसरी एक दिन पनि राजपत्रको सूचना नकुरी जेठ छ गते दिउँसो दुई बजे नक्सा सार्वजनिक गर्नुको पछाडि के रहस्य थियो होला ? स्रोत भन्छ “यसमा अलि बढिचाहि राजनीतिक कारण  थियो ।’

कुनैपनि देशको नक्सालाई पुनः नक्साङ्कन गर्न परेको अवस्थामा स्थलगत सर्भेबाट नभई पुरानो बेस म्यापको सहयोग लिइन्छ । नेपालको पछिल्लो नक्साको नक्साङ्कन पनि त्यस्तै म्यापबाट गरिएको थियो । फिनल्याण्डको सहयोगमा सन् १९९० देखि २००० सम्म गरिएको सर्भेक्षणबाट तयार पारिएको बेस म्याप नै हाम्रो नक्साको हाम्रो मुख्य आधार हो ।

रुसबाट विगतमा प्राप्त ट्रोपोग्राफिक म्याप र चीन सरकारले गत वर्षदेखि निःशुल्क उपलब्ध गराउँदै आएको सेटलाइट इमेज जेडवाईटीको आधारबाट पनि नयाँ नक्साको थप नाप,जाँच गरिएको थियो । नेपालको पछिल्लो नक्सा प्राविधिकहरुको भाषामा ‘स्मल स्केल म्याप’ हो ।

‘लार्ज स्केल म्याप’ चाँहि फिल्ड सर्भेपछि मात्र तयार हुन्छ । नापी विभागले समय समयमा सम्बन्धित ठाउँमै पुगी नाप जाँच गरेर तयार पारेको नक्सालाई ‘लार्ज स्केल म्याप’ भनिन्छ । नेपालले हालै आफ्नो नक्सामा समावेश गरेको लिम्पियाधुरा क्षेत्रको भूभागको फिल्ड सर्भे हुन पाएको छैन ।

टिप्पणीहरू