केन्द्रीय बैंकमा यौन दुराचारीको खोजी

केन्द्रीय बैंकमा यौन दुराचारीको खोजी

मुलुकको केन्द्रीय बैंकमा यौनजन्य दुव्र्यवहार रोक्ने प्रयास शुरु भएको छ । बौद्धिक जमात रहने भनिएको केन्द्रीय बैंकमै यस्ता घटना सुनिन थालेपछि गत वर्ष आचारसंहिता जारी गरिएको थियो ।

‘नेपाल राष्ट्र बैंक, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारलाई निवारण गर्नेसम्बन्धी कर्मचारी आचारसंहिता २०७८’ लाई अनुगमन गर्न अहिले भने समिति नै गठन गरिएको हो । बैंकभित्र हुन सक्ने त्यस्ता गतिविधि र व्यवहारसम्बन्धी गुनासो तथा उजुरी सुन्न र सोसम्बन्धमा जाँचबुझ तथा अनुगमन गर्न समिति गठन गरिएको आन्तरिक परिपत्रमा उल्लेख छ ।

जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुल्सीप्रसाद घिमिरेको संयोजकत्वमा गठित समितिमा दुई जना महिला निर्देशक सृजना बाँस्तोला र इन्द्रा चम्लागाईं (मैनाली), कानुन महाशाखाका निर्देशक थानेश्वर आचार्य र जनशक्ति विभागका निर्देशक विज्ञानराज सुवेदी सदस्य सचिव छन् ।यसअघि बैंकभित्र केही महिला कर्मचारी र सेवाग्राहीले पुरुष हाकिम तथा कर्मचारीबाट सांकेतिक रूपमा दुव्र्यवहार भोग्नुपरेको गुनासो गभर्नरको कार्यालयसम्म पटक–पटक पुगेको र महिला सेवाग्राहीको हंगामा मच्चिने उजुरीलाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेको गुनासो सुनुवाई इकाइले आफ्नै तवरबाट सल्टाएर पठाएको बताइन्छ ।

केही वर्षअघि बैंकबाट एउटा वित्तीय संस्थाको सुपरीवेक्षणमा गएको टोलीका सदस्यले स्थानीय महिलामाथि गरेको दुव्र्यवहारबारे त झन् ठूलै चर्चा भएको थियो । त्यसरी महिलामाथि यौन दुव्र्यवहारको आशय राख्ने कर्मचारीलाई अहिले पनि बैंकभित्र ‘डिडिसी’ भनेर कोड भाषामा जिस्क्याउने गरिन्छ ।

टिप्पणीहरू