बिजुलीको हाइभोल्टेजले मान्छेसँगै बाख्राको मृत्यु, दुई सय मिटर बक्स खरानी

बिजुलीको हाइभोल्टेजले मान्छेसँगै बाख्राको मृत्यु, दुई सय मिटर बक्स खरानी

पर्वतको जलजला गाउँपालिका-७ धाइरिङ धारापानी गाउँमा विद्युत सर्ट हुँदा एक जनाको ज्यान गएको छ । आज बिहान घरमा रहेको बिजुलीको मिटर अफ गर्न जाँदा स्थानीय ५० वर्षीय सिता केसीको करेन्ट लागेर मृत्यु भएको हो ।

विद्युत लाइनको भोल्टेज नियन्त्रणभन्दा बाहिर गएपछि घरमा रहेको मिटरबक्स अफ गर्न जाँदा क्षेत्रीलाई करेन्ट लागेर मृत्यु भएको पर्वतका डिएसपी शिवराज बुढाथोकीले बताए । उनका अनुसार अन्य १२ जना घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको गाउँपालिका अध्यक्ष राम प्रसाद आचार्यले जानकारी दिए ।

प्रशारण लाइनमा विद्युत सर्ट भएर गाउँका सबै घरमा हाइभोल्टेज लाइन प्रशारण भएको गाउँपालिका आचार्यले बताए । उनीहरुका अनुसार हाइभोल्टेज लाइनका कारण धारापानी गाउँका झण्डै दुई सयभन्दा बढी घरका मिटर बक्समा आगलागी भएको हो ।

प्रशारण लाइन चुँडिएर स्थानीय प्रताप आचार्यको बाख्रा फार्ममा रहेका ११ वटा बाख्रा समेत मरेका छन् । घटनास्थलमा अहिले पालिका अध्यक्ष आचार्य, वडाका जनप्रतिनिधि र प्रहरी टोली खटिएको छ ।

टिप्पणीहरू