३१ जना प्यालेष्टाइनी मारेपछि इजरायलको युद्धविराम

३१ जना प्यालेष्टाइनी मारेपछि इजरायलको युद्धविराम

इजरायलले इजिप्टको प्रस्तावमा प्यालेस्टाइनसँग गाजा क्षेत्रमा युद्ध विरामको सहमति गरेको छ । तीन दिनदेखि भइरहेको हिंसात्मक प्रहार रोक्न युद्वविराममा सहमति भएको बताइन्छ ।

इजरायलले गत वर्षको युद्धमा २३ लाख प्यालेस्टिाइनी बसोबास गर्ने क्षेत्रलाई तहसनहस बनाएको थियो । उक्त युद्ध ११ दिन चलेको थियो । अहिले पनि ठूलो जनधनको क्षति नहोस् भनेर युद्ध अन्त्य हुनुपर्ने माग राख्दै इजिप्टले दुवै पक्षलाई सम्झौतामा आवश्यक सहयोग गर्न आग्रह गरेको थियो ।

गत शुक्रबारदेखिको लडाइँमा इजरायलले गाजा क्षेत्रस्थित इस्लामिक जिहादीका आश्रयस्थलमा ठूला हवाई हमला गरेको थियो । जवाफमा प्यालेस्टाइनी लडाकूहरूले सयौँ रकेट प्रहार गरेका थिए ।

हालसम्म छ बालबालिकासहित ३१ प्यालेष्टाइनी मारिएका छन् । दुई सय ७५ जना घाइते भएका छन् । तर अर्कोतर्फ जम्मा दुई जना इजरायलीहरू घाइते भएको बताइएको छ ।

टिप्पणीहरू