मदन पुरस्कारको निम्ति अन्तिम सूची सार्वजनिक

मदन पुरस्कारको निम्ति अन्तिम सूची सार्वजनिक

मदन पुरस्कार २०७८ को निम्ति अन्तिम सूची सार्वजनिक गरिएको छ । मदन पुरस्कार गुठीले आठ पुस्तकलाई मदन पुरस्कार २०७८ को उत्कृष्ट सूचीमा राखेको छ ।

गुठीले ती आठ पुस्तकमध्ये एउटालाई २०७८ सालको मदन पुरस्कार दिइने जनाएको छ । गुठीमा प्राप्त दुई सय ९९ पुस्तक मध्येबाट मदन पुरस्कार २०७८ को निम्ति श्रेष्ठ सूचीमा आठ पुस्तक मात्र छनोट गरिएको आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

डा नवराज लम्सालको ‘अग्नि‘, डा.दामोदर पुडासैनी ‘किशोर‘ को ‘ग्रीष्मको नीलो बतास‘, बसन्त बस्नेतको ‘महाभारा‘, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक‘ र डा. नयनाथ पौडेलको ‘लिच्छवी लिपी’ पुस्तक छनौटमा परेका हुन् ।

यसैगरी डा. नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सति इतिहास र मीमांसा‘, पद्मसुन्दर जोशीको हिति प्रणाली पुस्तक पनि उत्कृष्ट सूचीमा परेका छन् ।

टिप्पणीहरू