अमेरिकी संसदले पारित गर्यो ३ खर्ब ७० अर्ब डलरको विधेयक

अमेरिकी संसदले पारित गर्यो ३ खर्ब ७० अर्ब डलरको विधेयक

अमेरिकी संसदले जलवायु परिवर्तन नियन्त्रणका लागि तीन खर्ब ७० अर्ब डलरको खर्च विधेयक पारित गरेको छ । माथिल्लो सदन सिनेटले विश्वव्यापी जलवायु परिवर्तन नियन्त्रणका लागि उक्त रकमको विधेयक पारित गरेको बताइएको छ ।

विश्वव्यापी जलवायु परिवर्तन र महँगी नियन्त्रण नाम दिइएको यो विधेयकबाट कूल सात खर्ब अमेरिकी डलर खर्च गरिने बताइएको छ । बीबीसीका अनुसार यो विधेयक राष्ट्रपति जो बाइडनले अघि सारेको एउटा प्रमुख राष्ट्रिय एजेण्डा हो ।

अब अमेरिकाले सन् २०३० सम्ममा आफ्नो कार्बन उत्सर्जन ४० प्रतिशतले घटाउने छ । विधेयकले महँगो स्वास्थ्य क्षेत्रलाई राहत दिने र व्यापारिक प्रतिष्ठानमा कर बढाउने उध्देश्य राखेको छ ।

अब तल्लो सदनबाट पारित भएपछि ऐन बन्नेछ ।

फोटो स्रोत : न्यूयोर्क टाइम्स

टिप्पणीहरू