केपी ओली उपस्थित भूपू फौजी भेलामा भारत,अमेरिका,जर्मनीमाथि आक्रमण « Jana Aastha News Online
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022

केपी ओली उपस्थित भूपू फौजी भेलामा भारत,अमेरिका,जर्मनीमाथि आक्रमण

प्रकाशित मिति :  २२ श्रावण २०७९, आईतवार १९:३०


एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन मिति घोषणापछि डुब्न लागेको सत्ता गठबन्धन आत्तिएको बताउनुभएको छ । उहाँले पाँच वर्षअघि माओवादीलाई एमालेले उध्दार गरेको यथार्थ नबिर्सन आग्रह गर्दै एक्लै निर्वाचनमा जान कसैको हिम्मत नभएपछि सत्ताधारी दलहरुले गठबन्धनको उपाय अपनाएको उल्लेख गर्नुभएको छ ।

गत वर्ष आफूले निर्वाचनमा जान खोज्दा प्रतिगमन भयो भन्नेहरुले अहिले एमालेलाई रोक्न अनेक हत्कण्डा अपनाएको दाबी गर्नुभयो । सत्तारुढ गठबन्धन र सरकारलाई विनाशकारी,नक्कली,अलच्छिनाको संज्ञा पनि दिनुभयो । ललितपुरको च्यासलस्थित एमालेनिकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यी कुरा बताउनुभएको हो ।

“कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले गत वर्ष केपी ओलीको सरकारलाई हटाउन भारत,अमेरिका र जर्मनीको सहयोग लिइएको बताउनुभएको छ । उहाँले संगठनका अध्यक्ष विनोदबहादुर पाण्डेको शंखमूलस्थित घरमा आफूहरुले पार्टी कार्यालय सञ्चालन गरेको विगत कोट्याउँदै भन्नुभयो, ‘आईजी नियुक्तिमा ज्येष्ठता मिचिएको छ । तपाईंहरु बोल्नुस्, हामी साथ दिन्छौं ।’

उहाँको भनाइ छ,‘गठबन्धनमा रहेकामध्ये काँग्रेस बञ्चरो हो भने माओवादीहरु बिँड हुन् । अब कम्युनिष्ट सकिने हैन,बरु उनीहरु चाहिँ सकिन्छन् । काँग्रेसका पछि लागेर समाजवादको आधारशीला माओवादीले तयार गर्न असम्भव छ ।’

ओलीले माधवकुमार नेपालको गन्तव्य नभएकाले नेता तथा कार्यकर्तालाई पुरानो घर फर्कन अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘काँग्रेस पनि राणा शासनको बाटोमा रहेकाले सकिने योजनामा छ । त्यसैले पार्टीको गठबन्धनमा संख्या होइन पार्टी र सिध्दान्त हेरिनुपर्छ । तर त्यो देखिँदैन ।’

बैठकमा संगठनका अध्यक्ष तथा पूर्व जर्नेल विनोदकुमार पाण्डे,उपाध्यक्ष तथा राष्ट्रिय अनुसन्धान विभागका पूर्व नायब मुख्य अनुसन्धान निर्देशक रविन्द्र पण्डित,महासचिव ध्रुवराज लम्सालको उपस्थिति थियो । त्यसैगरी पूर्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक जीवनकुमार थापा पनि त्यहाँ पुगेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !