परराष्ट्रमा क–कसले कुन–कुन जिम्मेवारी पाए ?

परराष्ट्रमा क–कसले कुन–कुन जिम्मेवारी पाए ?

विभिन्न देशका लागि सिफारिस भई एग्रीमो रोकिएका राजदूतहरु धमाधम खटाइएको देश जान थालेका छन् । इजिप्टमा सुशील लम्साल, बंगलादेशमा घनश्याम भण्डारी, ओमानमा डोरनाथ अर्याल(बुबा बितेर भर्खरै फिर्ता), बहराइनमा तीर्थ वाग्लेको एग्रीमो आएपछि उनीहरु बाटो लागिसकेका छन् ।

तर, म्यानमारका लागि प्रस्तावित हरिश्चन्द्र घिमिरेको अझै एग्रीमो आएको छैन । सहसचिव भरत रेग्मी अष्ट्रिया जाने भएपछि घनश्याम लम्सालले प्रशासन र नीति तथा योजना महाशाखा पाएका छन् ।

त्यस्तै, चीन डेस्कका लोकबहादुर थापालाई दक्षिणपूर्व तथा प्रशान्त महाशाखासमेत हेर्ने भनिएको छ । प्रवक्तासहित सार्क, बिमस्टेकसहित क्षेत्रीय सहयोग संगठनहरूको जिम्मेवारी सेवा लम्साललाई दिइएको छ ।

शिष्टाचार महापाल र भारत हेर्ने जिम्मामा राष्ट्रपति कार्यालयबाट सुधीर भट्टराई आएका छन् । परराष्ट्र मन्त्री डा. नारायण खड्का अगष्टको दोस्रो साता चीन जाने गाइँगुइँ चलेको छ । तर, टुंगो लागेको छैन ।

टिप्पणीहरू