सडक निर्माणमा अनियमितता, चार जनालाई भ्रष्टाचारको मुद्दा « Jana Aastha News Online
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022

सडक निर्माणमा अनियमितता, चार जनालाई भ्रष्टाचारको मुद्दा

प्रकाशित मिति :  २२ श्रावण २०७९, आईतवार १८:४०


हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध आज मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा अदानचुली गाउँपालिकाका इन्जिनियर मकरध्वज शाही, असिस्टेण्ट सब–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारी हुन् ।

हुम्लाको अदानचुली–१ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नम्बर ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा उनीहरुले भ्रष्टाचार गरेको अख्तियारले पुष्टि गरेको छ । उनीहरुसँग २१ लाख ४७ हजार ४९२ रुपैयाँ माग दाबी पनि गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !