अरिंगालको टोकाइबाट ज्यान गयो

अरिंगालको टोकाइबाट ज्यान गयो

रुकुम पश्चिममा अरिंगालको टोकाइबाट एक जनाको ज्यान गएको छ । त्रिवेणी गाउँपालिका– १ का ४० वर्षीय सुवर्ण सुनारको मृत्यु भएको हो ।

सुनारलाई अरिंगालले टोकेपछि झुल्नेटास्थित निजी स्वास्थ्य संस्थामा उपचार गराइएको थियो । स्वास्थ्यमा सुधार नआएपछि आज नेपालगञ्ज लैजाँदै गर्दा सल्यानको श्रीनगरमा मृत्यु भएको हो । उनलाई तीन दिनअघि अरिंगालले टोकेको थियो ।

सुनारको शरीरमा अरिंगालले टोकेको ५३ ओटा ठूला घाउ देखिएको बताइएको छ ।

टिप्पणीहरू