बलात्कारको आरोप लागेका बाबासङ्गै पूर्व आइजिपी पूर्वतिर

बलात्कारको आरोप लागेका बाबासङ्गै पूर्व आइजिपी पूर्वतिर

सिध्द बाबा भनेर चिनिएका कृष्णबहादुर गिरी आज काठमाडौंबाट विराटनगर गएका छन् । उनी यति एअरको उडानमा त्यसतर्फ लागेका हुन् । गिरी सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक शैलेन्द्र श्रेष्ठसहित सात जनाको टोली लिएर आज दिउँसो त्यता गएको एअरलाइन्स श्रोतले बतायो ।

यसअघि उनी साउन ३ गतेदेखि ११ गतेसम्म पशुपतिनाथ क्षेत्रमा आयोजित महायज्ञमा सहभागी थिए । पहिलो दिन बलात्कारको आरोप लागेका सिध्दबाबालाई सिंहासनमा राखेर दुई जना मन्त्री दायाँ र बायाँको सोफामा बसेका थिए ।

गम्भीर प्रकृतिको मुद्दा अदालतमा विचाराधीन रहेकै बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आरोपी बाबासँगै उक्त कार्यक्रममा बसेका हुन् ।

उनलाई एक महिला अनुयायीमाथि तीन वर्षअघि आश्रममा बलात्कार गरेको आरोप लागेपछि चलेको मुद्दा जिल्ला अदालत सुनसरीमा विचाराधीन छ । ‘सकारी ओहोदाका कसैले पनि मुद्दाका आरोपीसँग कार्यक्रममा सहभागी हुनु कानुनको गम्भीर उल्लंघन हो,’ सिध्दबाबाको मुद्दामा सहभागी एक जना सरकारी वकिलले त्यतिबेलै भनेका थिए ।

टिप्पणीहरू