५ सय ५३ जना संक्रमित, ४ सय ३३ जना निको

५ सय ५३ जना संक्रमित, ४ सय ३३ जना निको

पछिल्लो २४ घण्टामा मुलुकभर पाँच सय ५३ जनामा कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार सात सय ८१ जनाको परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित भेटिएका हुन् ।

दुई हजार ४० जनाको पिसीआर परीक्षणमा चार सय ५१ र एक हजार सात सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय दुई जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार छ सय ५९ पुगेको छ ।

सोही अवधिमा चार सय ३३ जना संक्रमित निको भएका छन् ।

टिप्पणीहरू