कोरोना बढेपछि मेन्छ्यायेमका विद्यालय बन्द

कोरोना बढेपछि मेन्छ्यायेमका विद्यालय बन्द

पछिल्लो समय कोरोना संक्रमण बढेसँगै विद्यालय पुनः बन्द हुन थालेका छन् । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले बढ्दो संक्रमणका कारण चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका धेरैजसो विद्यालयमा कोरोना संक्रमण देखिएपछि भोलिदेखि चार दिनसम्मका लागि बिदा दिने निर्णय भएको अध्यक्ष यादवबहादुर खातुङ्गले जानकारी दिए ।उनका अनुसार लामो बिदा मिलान गर्ने गरी चार दिन स्कुल बन्द गरिएको हो । शिक्षक, विद्यार्थीसँगै गाउँमा समेत कोरोना संक्रमण बढेको अध्यक्ष खापुङको भनाइ छ ।

टिप्पणीहरू