अमेरिकाबाट बालबालिकालाई साढे २ अर्बको खोप आयो

अमेरिकाबाट बालबालिकालाई साढे २ अर्बको खोप आयो

अमेरिकाले साना बालबालिकालाई लगाइने खोप सहायता पठाएको छ । आजै कोभ्याक्स सुविधाको २८ लाख ८४ हजार आठ सय डोज खोप नेपाल सरकारलाई प्रदान गरिएको छ ।

मोआलेन एभिएसनको एएमए ४९५८ उडानबाट दुबई हुँदै काठमाडौं आएको विमानले आज बिहान सवा ११ बजे काठमाडौं विमानस्थलमा उक्त खोप ल्याएको हो ।

५ देखि ११ वर्षका बालबालिकालाई लगाइने खोपपछि अब कोभिडविरुध्दको खोप कार्यक्रम पुनः सञ्चालन गरिने छ । खोपको जम्मा मूल्य झण्डै साढे दुई अर्ब नेपाली रुपैयाँ पर्न आउँछ । अमेरिकी डलरमा उक्त खोपको मूल्य एक करोड ९४ लाख ७२ हजार चार सय अमेरिकी डलर रहेको छ ।

टिप्पणीहरू