कुमारी आमा फेरि पक्राउ

कुमारी आमा फेरि पक्राउ

कुमारी आमाको नामले परिचित निहारिका राजपुतलाई आज पनि प्रहरीले पक्रेको छ । उनलाई सर्वोच्च अदालत अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत साता पनि प्रहरीले सिंहदरबार अघिल्तिर अनशन बस्न खोज्दा नियन्त्रणमा लिएर बसन्तपुर पुर्याएको थियो । बलात्कारपछि भएको गर्भधारणका कारण उनी कुमारी आमा बनेकी हुन् ।

उनी गत सातादेखि बसन्तपुरमा नै अनसन बसेकी थिइन् । तर आज शिशुको कपडा लिन हिँडेको बेलामा प्रहरीले पक्रेको उनको आरोप छ ।

निहारिकालाई १७ वर्षको उमेरमा जनकपुरमा एक जनाले नशालु पदार्थ खुवाई बलात्कार गरेको बताइन्छ । त्यसपछि उनले छोरा जन्माएकी थिइन् । दुई वर्षदेखि उनी न्यायको खोजीमा भौंतारिँदै दोषीमाथि कारवाहीको माग गरिरहेकी छन् ।

टिप्पणीहरू