ओलीद्वारा माधव नेपाललाई ‘बिचरा’ को उपमा

ओलीद्वारा माधव नेपाललाई ‘बिचरा’ को उपमा

हिजो राजधानीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एकाएक ‘बिचरा’को सँज्ञा दिनुभएको छ । एकीकृत समाजवादीका कर्मचारी नेताहरु एमाले प्रवेश गर्ने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

‘बिचरा माधव नेपाल, केपी ओलीलाई त नसक्नेले प्रचण्डसँग भिडिरहेका छन् । प्रचण्डले कसलाई बाँकी राखेका छन् राजनीतिक दाउपेचको निम्ति ? मसँग पौंठेजोरी खेल्न नसक्नेले प्रचण्डसँग भिडिरहेका छन् । हेर्दै जानुहोला उनलाई प्रचण्डले च्याम्पटी घुमाएझैँ घुमाइ दिनेछन्,’ ओलीको भनाइ थियो ।

गठबन्धनमा रहेका नेपाली काँग्रेस र प्रचण्डको सम्बन्धबारे पनि उहाँले चर्चा गर्नुभयो ।

वर्तमान राजनीतितर्फ संकेत गर्दै उहाँले प्रचण्डको गाडी लडेर भीरको रुखमा अड्केको संज्ञा दिनुभएको हो । भन्नुभयो, ‘अहिले रुखलाई चिन्ता भएको छ । कतै गाडीले रुखको जरैदेखि उखेलेर लडाइ दिने हो कि भन्ने डर छ । ठूलै गाडी पल्टेर भीरको रुखमा अड्किँदा हालत के हुन्छ,अहिले नेपाली काँग्रेसको पनि त्यस्तै भएको छ ।’

टिप्पणीहरू