झापाका जनप्रतिनिधिले युवतीलाई मोरङ पुर्याएर बलात्कार गरेको आरोप

झापाका जनप्रतिनिधिले युवतीलाई मोरङ पुर्याएर बलात्कार गरेको आरोप

झापामा एक जना जनप्रतिनिधिलाई युवती बलात्कारको आरोप लागेको छ । बेलबारी नगरपालिकाको कार्यपालिका सदस्य विजय तोलाङ्गीलाई युवती करणीको आरोप लागेको छ । मोरङको उर्लाबारी घर भएकी २४ वर्षीयालाई तोलाङ्गीले जबरजस्ती करणी गरेको बताइन्छ ।

तोलाङ्गीले मोरङको जेफाले पुर्याए आफूलाई गत १८ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा हिजो ‘जबरजस्ती करणी मुद्दा’ को उजुरी दिएकी छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दर्ता भएपछि कार्यपालिका सदस्य तोलाङ्गी मोेबाइल फोन अफ गरी फरार भएका छन् । उनी नेपाली काँग्रेसबाट निर्वाचित कार्यपालिका सदस्य हुन् । बलात्कारको उजुरीमाथि छानबिन थालिएको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू