मुर्दावाद भन्दै बालुवाटार गएका सबै समातिए

मुर्दावाद भन्दै बालुवाटार गएका सबै समातिए

निषेधित क्षेत्र बालुवाटारमा कालो झण्डा प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही बेरअघि नेपाल राष्ट्र बैंकको गेटमा कालो झण्डा झुण्डाउन खोज्नेलाई प्रहरीले समातेको बताइएको छ

बिहान ९ बजेपछि नेपाल विद्यार्थी संघका एक दर्जन नेता कार्यकर्ता कालो झण्डा बोकेर त्यहाँ पुगेका हुन् । गभर्नर महाप्रसाद अधिकारीको विरोधमा उनीहरुले कालो झण्डा प्रदर्शनको प्रयास गरेका थिए ।

विनोदराज जोशीको नेतृत्वमा केही विद्यार्थी नारा लगाउँदा बालुवाटार जाने क्रममा प्रहरीले पक्रेको हो । उनीहरुलाई पुलिस क्लब भृकुटीमण्डप पुर्याइएको छ ।

त्यसअघि प्रदर्शनकारीले एम अधिकारी राजिनामा दे, एम अधिकारी मुर्दावाद, एमालेको मतियार मुर्दावाद, नालायक गभर्नर मुर्दावादको नारा लगाएका थिए ।

टिप्पणीहरू