भीर मौरीले टोकेकाको ज्यान गयो

भीर मौरीले टोकेकाको ज्यान गयो

भीर मौरीले टोक्दा दाङमा एक जनाको ज्यान गएको छ । राजपुर गाउँपालिका ७, लैबरुवाका ३५ वर्षीय खिमबहादुर कुमालको मह काढ्ने क्रममा मौरीको टोकाइबाट मृत्यु भएको बताइएको छ ।

प्रहरीका अनुसार उनलाई हिजो नजिकैको जंगलमा मह काढ्न सिमलको रुख चढ्दा मौरीले टोकेको हो । मौरीको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारार्थ लमही अस्पताल लैजाँदै गर्दा कुमालको बाटोमै ज्यान गएको हो ।

शव पोस्टमार्टमको निम्ति लमही अस्पतालमा राखिएको छ ।

टिप्पणीहरू