कर्णेललाई थुन्न कठिन

कर्णेललाई थुन्न कठिन

कर्णेल जबरा हिरासतमा राखिए । उता मृतकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) थिएन । उनलाई उक्त मोटरसाइकल चलाउन दिने त्यसका धनीलाई पनि प्रहरीले समातेको थियो ।

प्रहरी हिरासतमा राखिएका एकजना लेफ्टिनेन्ट कर्णेल अन्ततः लकडाउनको फाइदा उठाउँदै समयभन्दा छिट्टै मुक्त भएका छन् ।

वैशाख अन्तिम साता कर्णेल शिखर जबराले चलाएको बा. २१ च ४३४७ नम्बरको कारमा बा. ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुगेको थियो । दुर्घटनामा मोरङका २३ वर्षीय युवक टीकाराज गेलालले ज्यान गुमाए ।

भर्खर लमजुङबाट हेडक्वार्टर सारिएका कर्णेल जबरा रविभवन हुँदै टुँडिखेलस्थित सैनिक मुख्यालय जाने क्रममा अगाडि बढिरहेका थिए । मृतक टीकाराज भने अनियन्त्रित गतिमा कालिमाटीबाट रविभवनतर्फ अगाडि बढ्दै थिए । घुम्तीमा उनले मोटरसाइकल नियन्त्रण गर्न नसक्दा कर्णेल जबराले चलाएको गाडीमा ठोक्किन पुगे ।

टीकाराम मासु पसलमा काम गर्थे । दुर्घटना हुँदा उनले मोटरसाइलको दुबैतिरको लेगगार्डमा २०–२० किलोका दरलेसहित जम्मा ५० किलो कुखुराको मासु बोकेका थिए ।

दुर्घटनापछि सवारी ज्यान मुद्दामा कर्णेल जबरा हिरासतमा राखिए । उता मृतकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) थिएन । उनलाई उक्त मोटरसाइकल चलाउन दिने त्यसका धनीलाई पनि प्रहरीले समातेको थियो ।

उनीहरु ९ दिन हिरासतमा बसेपछि जिल्ला अदालतले दैनिक हाजिर जमानीमा राख्ने गरी थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रहरी अनुसन्धानबाट मोटरसाइकल चालक (मृतक) बाटै भएको गल्तीका कारण दुर्घटना भएको खुलाइएको थियो । सोही अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरुलाई हिरासतबाहिरै रहेर मुद्दा पुर्पक्ष गर्न अनुमति दिइएको छ ।

कोरोना संक्रमणका कारण अदालतले जघन्यबाहेकका मुद्दाका नयाँ कसुरदारलाई हिरासतबाहिरै रहेर मुदा पुर्पक्ष गर्न अनुमति दिँदै आएको छ । त्यही सुविधाअन्तर्गत रिहा भएका कर्णेल जबरा अहिले दैनिक सैनिक मुख्यालयमा हाजिर भई मुद्दा चलाउने प्रहरी युनिट कालिमाटी बृत्तको सम्पर्कमा छन् ।

यो पनि हेर्नुहोस् :

https://45.77.42.28/?p=10237

 

उता, कालिमाटी प्रहरी बृत्तको दुःख अलग्गै छ ।

त्यहाँका दुईजना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमितहरु त बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा राखिएका छन् । तर, त्यहाँका बाँकी प्रहरीहरु मूलढोकामा ताला लगाएर भित्रै क्वारेन्टाइनमा छन् । कालिमाटी बृत्तअन्तर्गतका अरु युनिट पनि त्यही अवस्थामा छन् । उनीहरुसँग बाहिर रहेका कसैलाई भेट्न दिइएको छैन ।

कर्डन ड्युटीका लागि टेकुस्थित प्रहरी परिसर र भृकुटीमण्डपस्थित नगर प्रहरी र बाँकी मुद्दा मामिला वरपरका प्रहरी युनिटले हेरिदिएका छन् ।

कार्यालयभित्रै क्वारेन्टाइनमा राखिएका सबै प्रहरीको पिसिआर परीक्षण नेगेटिभ आइसकेको छ । तर,तीनपटकसम्म परीक्षण गर्नुपर्ने कारणले कार्यालयभित्रै क्वारेन्टाइनमा राखिएका हुन् ।

अदालतले दैनिक हाजिर जमानीमा जानु भनिएको कालिमाटीस्थित उक्त प्रहरी बृत्त नै सिल गरिएका कारण अहिले जबरा टेलिफोनबाटै हाजिर गरेर जंगी अड्डाको जागिर भ्याइरहेका छन् ।

टिप्पणीहरू