साढे तीन दर्जन डिएसपी यता र उता

साढे तीन दर्जन डिएसपी यता र उता

प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ । उनीहरूलाई काज सरुवा गरिएको प्रहरी हेडक्वाटरले जनाएको छ ।

जसअनुसार प्रहरी वृत्त नयाँ वानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रवीन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ र गौशालामा सञ्जीवबाबु खड्का सरुवा भएका छन् ।

प्रहरी हेडक्वाटरको आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयमा कार्यरत वीरेन्द्र गोदार जिल्ला प्रहरी कार्यालय संखुवासभामा काज खटाइएका छन् भने अपराध अनुसन्धान विद्यालय प्रशिक्षण व्यवस्थापन शाखामा दरबन्दी रहेका रवीन्द्रनाथ पौडेल जिल्ला प्रहरी कार्यालय मुस्ताङ्ग सरुवा भएका छन् ।

त्यस्तै, प्रहरी पहरा गणबाट रवीन कार्कीलाई इलाका प्रहरी कार्यालय कटारी पठाईएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुष्पराज मल्ल इप्रका तुलसीपुर दाङ पुगेका छन् । सर्वोच्च/विशेष अदालत समन्वय तथा सुरक्षा इकाईमा कार्यरत प्रकाश दाहाल इप्रका हंसपुर काँस्की लगिएका छन् । जिप्रका संखुवासभाबाट लालध्वज सुवेदीलाई तानेर प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा लगिएको छ भने जिप्रका मुस्ताङ्गका रामकुमार दानी गण्डकी प्रदेश प्रहरी कार्यालय सरुवा बहेका छन् ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय दाङका मुकुन्द प्रसाद रिजाल जिप्रका अर्घाखाँची, जिप्रका बाँकेका मधुसुदन न्यौपाने जिप्रका पर्वत, जिप्रका नवलपरासीका प्रेम बहादुर शाही जिप्रका बैतडी र जिप्रका धादिङ दरबन्दी भएका जागेश्वर भण्डारी जिप्रका बझाङ पुगेका छन् ।

टिप्पणीहरू