सामाजिक सुरक्षा भत्ता लिन दलितको अनुसूचीमा समेटिनै पर्ने

सामाजिक सुरक्षा भत्ता लिन दलितको अनुसूचीमा समेटिनै पर्ने

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न दलितको अनुसूचीमा सूचीकृत थर हुनै पर्ने भएको छ । सोही कारण पटवा, बिल्टाउ, विन (मुखिया), सलाह (सनही), लोहार र गोढयालगायत थर भएकाले सामाजिक सुरक्षा भत्ता नपाउने अवस्था उत्पन्न भएको छ ।

ती थर दलित अनुसूचीमा सूचीकृत नभएकाले सामाजिक सुरक्षा भत्ता दिन नमिल्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । विभागले सबै स्थानीय तहलाई परिपत्र गर्दै दलितमा सूचीकृत नभएकालाई भत्ता नदिन निर्देश गरेको छ ।

स्थानीय तहहरुले ती थरका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिन मिल्ने वा नमिल्ने भदै विभागसँग आवश्यक सुझाव मागेका थिए । विभागले ती थर दलितमा परे पनि राष्ट्रिय दलित आयोगमा सूचीकृत नभएकाले भत्ता दिन नमिल्ने उल्लेख गरेको हो ।

सामाजिक सुरक्षा भत्ता विवरण कार्यविधि, २०७७ मा राष्ट्रिय दलित आयोगको दलित जातीय अनुसूची विवरणबमोजिमका जात–थर भएका व्यक्तिलाई भत्ता दिने उल्लेख छ । यसअघि स्थानीय तहहरुले उक्त जात–थर भएकालाई पनि भत्ता प्रदान दिँदै आएका थिए

सामाजिक सुरक्षा भत्ता विवरण कार्यविधि, २०७७ (पहिलो संशोधन) को अनुसूची–१३ बमोजिम हाललाई दिन नमिल्ने हुँदा सोहीअनुसार गर्न–गराउन विभागले निर्देशन दिएको छ ।

टिप्पणीहरू