विषालु धुवाँले राजधानीकै बस्तीमा उकुसमुकुस (भिडियो)

विषालु धुवाँले राजधानीकै बस्तीमा उकुसमुकुस (भिडियो)

आर्थिक विकास र औद्योगिकीकरणको नाममा खोलिएका कलकारखानाबाट निस्किएका विषालु धुवाँको कारण हरियाली छेउमा रहेका स्थानीय नै पीडित भएका छन् । त्यस्त धुवाँबाट वायु प्रदुषणसँगै क्यान्सरलगायत घातक रोगका बिरामी बढ्दै गएको बताइन्छ ।

मानवबस्तीको ख्याल नगरी मापडण्ड विपरीत सञ्चालन गरिएका त्यस्ता उद्योग र कलकारखानाबाट निस्केका धुवाँले हजारौं नागरिकको स्वास्थ्य संकटमा पर्ने निश्चित छ ।

पछिल्लो केही समयदेखि कच्ची र धुलो सडकको सामना गरिरहेका गोकर्णेश्वर नगरपालिकाका स्थानीय त्यस्तो धुवाँबाट पनि पीडित देखिन्छन् । उनीहरु लामो समयदेखि विषालु धुवाँमा सास फेर्न बाध्य भएका हुन् ।

गोकर्ण नजिकैको बस्ती छेउमा सञ्चालन गरिएको गलैँचा रंगाउने कारखानाले पश्चिममा गोकर्ण रिसोर्ट, उत्तरमा कान्तिपुर कलेज र नजिकैको बस्तीमा असर पुर्याएको स्थानीयको दाबी छ । कारखानाबाट निस्किएको विषालु धुवाँ हावा चल्दा केही परका कान्तिपुर कलेज, गोकर्णेश्वर रिसोर्ट र बस्तीसम्म सजिलै पुग्छ ।

कलकारखानको धुवाँ व्यवस्थापनमा भएको लापरबाहीबाट मानव स्वास्थ्यसँगै नजिकैको वातावरणमा समेत प्रत्यक्ष असर पुगिरहेको बताइन्छ ।

– माधव बस्नेतबाट

टिप्पणीहरू