भीम रावलको गर्जनपछि प्रधान सेनापतिलाई सिंहदरबार बोलाउने निर्णय « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

भीम रावलको गर्जनपछि प्रधान सेनापतिलाई सिंहदरबार बोलाउने निर्णय

प्रकाशित मिति :  २० श्रावण २०७९, शुक्रबार १९:४५


नेकपा एमालेका सांसद डा. भीम रावल संसदीय समितिको बैठकमा कडा रुपमा प्रस्तुत हुनुभएको छ । उहाँले संसदको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै सरकारले अमेरिकी कार्यक्रम एसपीपीमा सहभागी नहुने व्यहोरा लेखी पठाएको पत्र प्रस्तुत गर्न माग गर्नुभएको छ ।

हिजो सिंहदरबारमा आयोजित समितिको बैठकमा उहाँले अमेरिकालाई पत्र पठाइएको भन्ने अर्कोतर्फ प्रधान सेनापतिलाई आईपीएसको कार्यक्रममा सहभागी हुन पठाएर सरकारले राज्यलाई द्वन्द्वमा धकेलेको आरोप लगाउनुभएको छ ।

समितिका सभापति निरा देवी जैरुको सभापतित्वमा भएको बैठकले सरकारले एसपीपी फिर्ता लिन पत्र लेखेको भए प्रधान सेनापतिलाई आइपिएसको कार्यक्रममा भाग लिन पठाइको सम्बन्धमा प्रधान सेनापति र परराष्ट्रमन्त्रीलाई समितिको बैठकमा उपस्थित भएर एसपीपीबारे उठेका प्रश्नको जवाफ दिन निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस !