मंसिरको चुनावका लागि दल दर्ता खुला, साझा चिन्हमा लड्न पाइने

मंसिरको चुनावका लागि दल दर्ता खुला, साझा चिन्हमा लड्न पाइने

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको आज बसेको बैठकले १० दिनको समय दिएर आइतबारदेखि दल दर्ता खुला गरेको हो ।

आयोगका अनुसार दल दर्ताको निवेदनका लागि दलको विवरण, केन्द्रीय, प्रदेश र जिल्ला समितीका पदाधिकारीको विवरण र संख्यासहित वार्षिक लेखापरीक्षण प्रतिवेदन बुझाउनु पर्नेछ । त्यस्तै, प्रतिनिधिसभा सदस्यको छिट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा सात वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने आयोगले भनेको छ ।

त्यस्तै, दुई वा सो भन्दा बढी दलले एकल चिन्ह लिई निर्वाचनमा भाग लिने भए निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली-२०७४ को अनुसूची १३ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने पनि आयोगले जानकारी गराएको छ ।

निर्वाचन आयोगमा अहिलेसम्म ११६ वटा राजनीतिक दल दर्ता भएका छन् । चुनावी प्रयोजनका लागि ति दलहरूले समेत पुनः दर्ता गर्नुपर्ने व्यवस्था छ ।

दल दर्ताका लागि सार्वजनिक विदाको दिन समेत कार्यालय खुला हुने आयोगले बताएको छ ।

टिप्पणीहरू