माधव नेपालले लड्ने अन्तिम चुनाव

माधव नेपालले लड्ने अन्तिम चुनाव

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मङ्सिरमा हुने संघ तथा प्रदेशको निर्वाचनमा अहिलेको पाँच दलीय गठबन्धन कायमै राखेर त्यसभित्र तेस्रो मोर्चा बनाउने बताउनुभएको छ ।

ढाकाराम सापकोटाद्वारा लिखित पुस्तक ‘नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म’ पुस्तक लोकार्पण गर्दै उहाँले गठबन्धनभित्र कांग्रेसलाई एकलौटी गर्नबाट रोक्न बाँकी चार पार्टीबीच छुट्टै मोर्चा गठनको आवश्यकता औंल्याउनु भएको हो ।

“कांग्रेसलाई मै हुँ सर्वेसर्वा भन्ने छ । हामीलाई पनि केही हौं भनेर देखाउनु छ,’

‘माओवादी,जसपा,एस, जनमोर्चासहित चार पार्टी गोलबद्ध हुँदैछौं । कांग्रेसलाई मै हुँ सर्वेसर्वा भन्ने छ । हामीलाई पनि केही हौं भनेर देखाउनु छ,’ अध्यक्ष नेपालले भन्नुभयो ।

नेपालले यो चुनाव व्यक्तिगतरुपमा आफ्नो लागि अन्तिम हुने घोषणासमेत गर्नुभएको छ । उमेरले राजनीतिबाट बिदा लिनुपर्ने अवस्था भए पनि भर्खरै मात्र नयाँ राजनीतिक यात्रा थालेकाले अहिले भने आफू निर्वाचन लड्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

‘चुनावमा उठेन भने मानव नेपाल हारेर भाग्यो भन्लान् । त्यसैले यो चुनावमा उठ्नै पर्छ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘अब पाँच वर्षपछि सन्यास लिनुपर्ला !’

टिप्पणीहरू