दैनिक संक्रमित एक हजार नजिक, एकको मृत्यु

दैनिक संक्रमित एक हजार नजिक, एकको मृत्यु

पछिल्लो २४ घण्टामा मुलुकभर नौ सय १२ जनामा कोरोना सक्रंमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार चार सय ९१ जनाको परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

दुई हजार नौ सय ४१ जनाको पिसीआर परीक्षणमा पाँच सय २९ र तीन हजार पाँच सय ५० जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय ८३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार सात सय ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन सय ७० जना संक्रमित निको भएका छन् । आज एक जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ७० पुगेको छ ।

टिप्पणीहरू