एमाले अध्यक्षले भन्नुभयो : प्रधानमन्त्री र प्रचण्डको गन्तव्य सबैले देखेकै छन्

एमाले अध्यक्षले भन्नुभयो : प्रधानमन्त्री र प्रचण्डको गन्तव्य सबैले देखेकै छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलका शीर्ष नेताहरुको गन्तव्य उल्लेख गर्दै गठबन्धन सरकार आगामी पाँच वर्षसम्म चले देश ध्वस्त हुने बताउनु भएको छ । आज राजधानीमा आयोजित पार्टीको कार्यशाला गोष्ठीमा बोल्दै उहाँले गठबन्धन दलका शीर्ष नेतृत्वको कडा आलोचना गर्नु भएको हो ।

पाँच दलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको उहाँको ठहर छ । उनीहरुको व्यक्तिगत स्वार्थ मात्र रहेको आरोप लगाउँदै उहाँले भन्नुभयो,‘ अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठानमा सीमित भयो, शेरबहादुरको गन्तव्य म्याडम साहेब र प्रचण्डको गन्तव्य सुपुत्रीमा सीमित भएको छ । यो सबैले देखेकै छन् ।’

सम्बोधनका क्रममा उहाँले लामो समयसम्म तत्कालीन एमालेको नेतृत्व गर्नु भएका नेता माधव नेपालप्रति थप कटाक्ष गर्नुभएको छ । अध्यक्ष ओलीको भनाइ छ, ‘माधव नेपालको त के कुरा गरौँ । उनको जिन्दगी छटपटीमै बित्छ । करबटे बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन ।’

टिप्पणीहरू