आयुर्वेदको नाममा भ्रामक प्रचार

आयुर्वेदको नाममा भ्रामक प्रचार

नेपाल आयुर्वेद चिकित्सा परिषद्ले उपचारको नाममा विभिन्न सामाजिक सञ्जालमा आइरहेको भ्रामक प्रचार प्रसारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

दर्ता नभएका गैर नेपालीहरुले समेत आफूलाई आयुर्वेद विज्ञ वा चिकित्सक भनाउँदै उपचारको नाममा गरेका विभिन्न भ्रामक प्रचार प्रसारप्रति ध्यानाकर्षण भएको परिषद्ले जनाएको हो ।

केही दिनयता सामाजिक सञ्जालमा आयुर्वेदलाई लिएर अफवाह फैलाउने काम भइरहेको परिषद्को भनाइ छ । यस्तो कार्य नगर्न–नगराउन अनुरोध गर्दै परिषद्ले गरेको वा गराइएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

साथै, आयुर्वेद चिकित्सा सेवा प्रदान गर्न आयुर्वेद चिकित्सा परिषद् नियमावली २०५८ (संशोधनसहित) को परिच्छेद ५ मा उल्लेख भएका आचारसंहिताको अनिवार्य पालना गर्न भनिएको छ ।

परिषद्ले दर्ता भएका जनशक्तिलाई मात्र आयुर्वेद चिकित्सा सेवा प्रदान गर्न सूसुचित गराएको छ ।

टिप्पणीहरू