भक्तपुरमा यो वर्ष एक दिन अगाडि नै क्वाँटी खाने

भक्तपुरमा यो वर्ष एक दिन अगाडि नै क्वाँटी खाने

भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) छुट्टाछुट्टै दिन मनाइने भएको छ । साउन २६ गते बिहीबार जनैपूर्णिमा र २७ गते शुक्रबार गाईजात्रा मनाउने निर्णय भएको भक्तपुर नगरपालिकाले जनाएको छ ।

तिथिअनुसार यो वर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेकाले अन्योल उत्पन्न भएपछि नगरपालिकाले दुई दिन मनाउने जानकारी दिएको हो ।

सरोकारवाला निकाय र तलेजुका मूल पुजारी (राजोपाध्याय) तथा पुजारीहरु (कर्माचार्य र जोशी) बीच छलफल गरी आगामी बिहीबार जनैपूर्णिमा र शुक्रबार गाईजात्रा मनाउने तय भएको हो ।

भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल भए मूल पूजारी र पूजारीहरुको ज्योतिष विज्ञानका आधारमा छलफल गरेर निर्णय गरिन्छ ।

टिप्पणीहरू