तपोवनबाट दिक्षित भएपछि सीके राउतको चुनाव लड्ने घोषणा

तपोवनबाट दिक्षित भएपछि सीके राउतको चुनाव लड्ने घोषणा

जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिने भएका छन् । हिजो बसेको सो पार्टीको भर्चुअल बैठकमा राउतले सप्तरी २ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

राउतले उम्मेदवारी घोषणा गरेको क्षेत्र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेको ठाउँ हो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यादवले सोही क्षेत्रबाट जितेका थिए । अहिले पनि त्यहिँबाट चुनाव लड्ने तयारीका साथ उनले निर्वाचन लक्षित कार्यक्रम थालिसकेका छन् ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैसाथ, एकै चरणमा गर्ने घोषणा गरेको छ ।

टिप्पणीहरू