गृहमन्त्रीसँग चिनियाँ राजदूतको भेट, एक चीन नीतिबारे परराष्ट्रको स्पष्टोक्ति

गृहमन्त्रीसँग चिनियाँ राजदूतको भेट, एक चीन नीतिबारे परराष्ट्रको स्पष्टोक्ति

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत हौउ यान्छीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज बिहान ११ बजेदेखि मन्त्रालयमा केहीबेर कुराकानी भएको हो ।

दुई महिना लामो स्वेदश बसाईपछि गत साता नेपाल फर्कनुभएकी राजदूतले आज पहिलो पटक नेपाली उच्च अधिकारीसँग भेटवार्ता गर्नुभएको हो ।

सिहदरबार स्थित गृहमन्त्रालयमा मन्त्री खाँण र राजदुत हौउबीच करिब आधा घण्टा भेटवार्ता भएको हो । राजदूत सिंहदरबारबाट बाहिरिएलगत्तै परराष्ट्र मन्त्रालयले नेपाल एक चीन नीतिको पक्षमा रहेको बताएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।

आजै परराष्ट्रमन्त्री डा. नारायण खड्काले आगामी साता मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गर्नुहुने जानकारी दिइएको छ । अमेरिकी सभामुखको ताइवान भ्रमणपछि अमेरिका र चीनबीच उत्पन्न तनाव, ताइवान वरिपरिको जल क्षेत्रमा देखिएको विशेष परिस्थितिबीच मन्त्री खड्का बेइजिङ जान लाग्नुभएको हो ।

टिप्पणीहरू