हिमालय एयरलाइन्सले दियो संस्थागत समाजिक उत्तरदायित्वको उदाहरण

हिमालय एयरलाइन्सले दियो संस्थागत समाजिक उत्तरदायित्वको उदाहरण

केही निजी वायुसेवा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वको रकमले अनलाइन न्यूज पोर्टल खोल्ने योजना बनाइरहँदा अर्काे नीजि वायु सेवा कम्पनी हिमालय एयरलाइन्सले आफ्नो दुई बर्ष संस्थागत सामाजिक उत्तरदायित्वमा गरेका प्रगतिहरुको फेहरिष्त सार्वजनिक गरेको छ ।

कम्पनीले एक कार्यक्रमका बीच राजधानीमा पछिल्ला दुई वर्षेको संस्थागत सामाजिक उत्तरदायित्वको विवरण सार्वजनिक गरेको हो । जसअनुसार कोभिड १९ शुरु भए यता विश्वको अर्थतन्त्र नै डामाडोल भएको स्थितीमा समेत उस्ले संस्थागत सामाजिक उत्तरदायित्वलाई नभुलेको जनाएको छ ।

एयरका अनुसार उस्ले राज्य नै विपतमा रहेको घडीमा समेत १० लाख रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरेको थियो । हिमालयले कोभिड कोषमा १० लाख योगदान गर्नुका साथै संकटको समयमा भेरोसेल भ्याक्सिनको दुई लाख डोज ल्याउन २ करोड २५ लाख रुपैयाँ बराबरको चारवटा निःशुल्क कार्गो उडान सञ्चालनसमेत गरेको जनाएको छ। कम्पनीले चीनले सहयोगमा दिएको दुई लाख थान भेरोसेल खोप निःशुल्क ढुवानी गरेको प्रतिवेदनमा उल्लेख छ। सोही समयमा विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेलगायतको काम गरेको प्रतिवेदनमा समेटिएको छ ।

सामाजिक उत्तरदायित्व अन्त्रगत यो निशुल्क कार्गो चार्टर उडान दुई करोड २५ लाख रुपैयाँ बराबरको रहेको कम्पनीले जनाएको छ।

सन २०२१ कार्गो सेवामा मुलुककै दोस्रो वायुसेवा कम्पनी बन्न सफल हिमालयले दिगो वातावरण प्रदुषण नियन्त्रणका लागि काम गर्दै आएको कार्बोनडाइओक्साइड नियन्त्रण लक्षित प्रणाली प्रयोग गर्दै आएको जानकारी दिएको छ। प्रयास नेपालमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको पनि कम्पनीले बताएको छ।

सन् २०१६ मे बाट एउटा जहाज मार्फत उडान सेवा सुरु गरेको कम्पनीका हाल तीनवटा जहाज संचालनमा छन्। हिमालयले हाल युएइ, मलेसिया, कतार, साउदी अरेबिया, बङ्गलादेश, चीन, कुवेत लगायत विभीन्न गन्तब्यमा नियमित यात्रु तथा कार्गो उडान गर्दै आएको छ ।

टिप्पणीहरू