थापाको नाममा ट्रायल दिने भट्टराई समातिए

थापाको नाममा ट्रायल दिने भट्टराई समातिए

सवारी साधनको लाइसेन्सका लागि अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी समातिएका छन् । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराई अर्कैको नाममा ट्रायल दिँदा ठाउँको ठाउँ समातिएका हुन् ।

उनले ललितपुरको महालक्ष्मी नगरपालिका ६ का सन्तोष थापाको नाममा भक्तपुरको राधेराधेस्थित ईजि वे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाँङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा दिएका थिए ।

यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू