भारत लैजान खोजिएको डेढ क्विण्टल अवैध सुपारी यतै अड्कियो

भारत लैजान खोजिएको डेढ क्विण्टल अवैध सुपारी यतै अड्कियो

झापाबाट भारततर्फ लाँदै गरिएको अवैध सुपारी बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय, झापाले मेचीनगर नगरपालिका–६, मेचीडाँडाबाट भन्सार छलेर भारततर्फ लाँदै गरेको डेढ सय किलो सुपारी बरामद गरेको बताइएको छ ।

प्रहरीका अनुसार उक्त सुपारीको बजार मूल्य ९० हजार रुपैयाँ पर्छ । बरामद सुपारी मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाइएको छ ।

टिप्पणीहरू