गठबन्धन बैठक आधा घण्टा ढिलो

गठबन्धन बैठक आधा घण्टा ढिलो

बालुवाटारमा बसिरहेको सत्ता गठबन्धनको बैठक तोकिएको समयभन्दा झण्डै आधा ढिलो शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ९ बजे बोलाइएको बैठक मुश्किलले १० बजेको हाराहारीमा थालिएको छ ।

हिजो क्याबिनेटले आगामी संसदीय निर्वाचनको मिति घोषणा गरेपछि गठबन्धनको पहिलो बैठक आज बसेको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा सबै दलका शीर्ष नेताहरु सहभागी रहेको बताइन्छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा लगायतको उपस्थिति छ ।

टिप्पणीहरू